गल्याङमा यसरी हुँदैछ सडक निर्माण कार्य « Nagarik Khabar

गल्याङमा यसरी हुँदैछ सडक निर्माण कार्य



स्याङजा । वर्षातको समयमा बजेट सक्नकै लागि सडक निर्माणको काम तीव्र पार्ने प्रवृृत्ति गल्याङ नगरपालिकामा फेरिएको छ ।

नगरपालिकाबाट खरिद गरिएका तीन वटा डोजरले दैनिक रुपमा सडक निर्माणको काम गरिरहेका मात्रै छैनन्, कामदारहरुको प्रयोग गरी सडक निर्माण गर्ने तथा आवश्यक परेका ठाउँमा पर्खाल उठाउने काम समेत भइरहेको छ ।

धेरैजसो ग्रामीण क्षेत्रले भरिएको नगरपालिकामा ग्रामिण कच्ची बाटो निर्माणको काम भइरहेको हो ।

गल्याङ नगरपालिकाको मुख्य बजारबाट तुलसीभञ्ज्याङ, बज्रे, तिनदोबाटे हुँदै साङ्लिया जोड्ने कच्ची बाटो बस सञ्चालनका लागि अन्तिम अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ ।

केन्द्र सरकारको रु. एक करोड बजेट बाट अहिले बजार जोड्ने मुख्य भाग फराकिलो बनाउने काम भइरहेको छ ।

केन्द्रीय बजेट भए पनि नगरपालिकालाई नै कामको जिम्मेवारी दिइएकाले बाटो चौडा गराउने काम भइरहेको नगरपालिकाका इन्जिनियर गणेश पौडेलले बताए ।

यस्तै, गल्याङको तल्लो बजारबाट चोक हुँदै पिडीखोला सेतीवेणी जोड्ने सडकको काम पनि भइरहेको नगरपालिकाले जनाएको छ । यसैगरी गुठी क्षेत्र, करादी – तिनदोवाटे पकवादी सडकको स्तरोन्नतीको काम पनि भैरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: