पर्यटनमन्त्री भट्टराईको एक्सन: कर्मचारीलाई बाटो खाली गर्न निर्देशनदेखि विदेश भ्रमणमा रोकसम्म « Nagarik Khabar

पर्यटनमन्त्री भट्टराईको एक्सन: कर्मचारीलाई बाटो खाली गर्न निर्देशनदेखि विदेश भ्रमणमा रोकसम्म



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विभागको कार्य प्रगति विवरण बारेमा जानकारी लिएका छन् ।

बुधबार बिहान नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित बैठकमा मन्त्री भट्टराईले कार्य प्रगति विवरण बारेमा जानकारी लिएकाहुन् ।

विभागहरुको कामप्रति कडा टिप्पणी गर्दै मन्त्री भट्टराईले प्रत्येक कार्यालय प्रमुखहरुलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् ।

लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गर्ने मन्त्री भट्टराईले बताए । उनले भने, ‘काम भएन भने परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुुखाउनुहोला ।’

राजनीतिक नियुक्ती लिएर बिभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न समेत उनले निर्देशन दिए । ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’ मन्त्री भट्टराईले भने ।

राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र प्रोत्साहन स्वरुप उपलब्ध गराउनुपर्ने थप सुबिधा दिने उनले बताए ।

काम नगर्ने तथा विवादित कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाइने समेत मन्त्री भट्टराईले जानकारी दिए ।

यसैबीच भ्रमण बर्ष २०२० सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने ? भन्ने कार्ययोजना मंसिर ११–१२ गतेको बैठकमा प्रस्तुत गर्न समेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: