सचिवालयको निर्णय : प्रचण्डले पाए पार्टीको जिम्मेवारी (भिडियोसहित) « Nagarik Khabar

सचिवालयको निर्णय : प्रचण्डले पाए पार्टीको जिम्मेवारी (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सचिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिएको हो ।

अध्यक्षद्वयको वरियता भने अहिलेकै हुनेछ । यो प्रतिनिधिसभाका लागि अब प्रधानमन्त्री ओली नै कायम हुने पनि नेकपाले निर्णय गरेको छ ।

पार्टीको बैठक बोलाउने लगायतका पार्टी काम अब प्रचण्डले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: