नेकपा सचिवालय बैठक: यी हुन् हट्ने सात मन्त्री « Nagarik Khabar

नेकपा सचिवालय बैठक: यी हुन् हट्ने सात मन्त्री



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातजना मन्त्री हटाउने तयारी गरेको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला बालबालिकामन्त्री थममाया थापा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई हटाउने भएका छन् ।

नेकपा बैठकमा यी मन्त्रीहरु हटाउने विषयमा लगभग सहमति भएको स्रोतले जनाएको छ । नयाँ मन्त्री बन्नेको नाम टुंगो लागेको छैन । पूर्वमाओवादीबाट लेखराज भट्ट र रामेश्वर राय यादवको नाममा लगभग सहमति भएको छ । तर पूर्वमाओवादीबाट जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललगायतका नेताले पनि मन्त्री दावी गरेका छन् ।

पूर्वएमालेबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन प्रधानमन्त्री अहिले आन्तरिक छलफलमा जुटेका छन् । आजै बेलुकी सपथ गराउनेगरी तयारी भैरहेको सचिवालयका एक सदस्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: