‘पत्रकार राजनीतिक दलको कुनै पनि समितिमा बस्नु उचित होइन’ « Nagarik Khabar

‘पत्रकार राजनीतिक दलको कुनै पनि समितिमा बस्नु उचित होइन’



सुनसरी । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले पत्रकारहरु राजनीतिक दलको कुनै पनि समितिमा बस्न नहुने बताएका छन् ।

सुनसरीको धरानमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा महासचिव विष्टले पत्रकारहरु राजनीतिक दलको कुनै पनि समितिमा बसेर काम गर्दा भविष्यमा जोखिम बढ्ने बताए ।

‘पत्रकारको आस्था कुनै दल र समूहसँग भए पनि राजनीतिक दलको कुनै समितिमा बस्नु गलत हो,’ उनले भने, ‘यसो भयो भने पत्रकार र सञ्चार माध्यमको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठ्छ ।’

यसैगरी सञ्चारकर्मी दिलभूषण पाठकले सञ्चारकर्मीले कुनै पनि दलको समितिमा बसेर काम गर्नुभन्दा पत्रकारिता छोडेर बेलैमा राजनीतिमा लाग्नु राम्रो हुने सुझाव दिए ।

उम्मेदवारहरुसँगको संवाद कार्यक्रमका लागि धरान आइपुगेको महासंघको टोलीले उपनिर्वाचनको पूर्वसन्ध्यामा सञ्चारकर्मीहरुलाई के कस्तो समस्या छ ? भन्ने सवालमा छलफल भएको थियो । पछिल्लो समय नेपाल पत्रकार महासंघको आचार संहिता विपरीत पत्रकारहरु राजनीतिक दलको विभिन्न समितिमा बसेर सघाइरहेको विषय पनि उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: