नेपाल प्रहरीमा ‘भनसुन’ चल्दैन « Nagarik Khabar

नेपाल प्रहरीमा ‘भनसुन’ चल्दैन



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे ।

बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरुसँग पनि सहकार्यको काम अघि बढाएको बताए ।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए ।

उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे ।

बुधबारबाट शुभारम्भ गरिएको साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: