वैद्यनाथ धाममा सवा करोड ज्योति प्रज्वलन गरिने « Nagarik Khabar

वैद्यनाथ धाममा सवा करोड ज्योति प्रज्वलन गरिने



अछाम । ‘पिण्डेश्वर शिवलक्ष्मी धामले अछामको वैद्यनाथ धाम परिसरमा छैटौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्ने भएको छ ।

मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड ज्योति प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाडौंका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बताए ।

बैद्यनाथ धाम नेपालका प्रसिद्ध चार धाम पाशुपत क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथमध्ये एक धामका रुपमा परिचित छ । साँफेबगर नगरपालिकास्थित बुढी गंगाको किनारमा अवस्थित बैद्यनाथ धाम परिसरमा आयोजना हुने शिव साधनामा देशभरीबाट करिब दुई हजार श्रदालु भक्तजनहरुको सहभागिता रहने आयोजकको भनाइ छ ।

परम उद्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: