बेरोजगारी समस्या समाधान गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री ओली « Nagarik Khabar

बेरोजगारी समस्या समाधान गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको ‘युनी ग्लोबल युनियन एसिया तथा प्यासिफिक रिजन’ को पाँचौं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले गरिबी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यमबाट सो समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भए पनि उत्पादनमुलक उद्योग सञ्चालनको कामलाई जोड दिएको दाबी गरे । उनले श्रमिकहरुको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको बताए । गरिवी, बेरोजगारी, भोकमरी विश्वमा बढ्दै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरुबीच बलियो सहकार्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: