१२ वर्षीया बालिकाको पेटमा घुस्यो हँसिया, यसरी भयो उपचार (फोटोसहित) « Nagarik Khabar

१२ वर्षीया बालिकाको पेटमा घुस्यो हँसिया, यसरी भयो उपचार (फोटोसहित)



एजेन्सी । भारतको उत्तर प्रदेश देवरियामा धान काट्न गएकी एक १२ वर्षीया बालिकाको पेटमा हँसिया घुसेको छ । हँसिया पेटमा घुसेको देखेर स्थानीय निक्कै आत्तिए ।

उनीहरु आत्तिए पनि बालिकाले दुखाइ सहेर बसिन् । उनलाई अस्पताल लगियो । चिकित्सकले शल्यक्रिया गरेर उनको जीवन रक्षा गरेका छन् ।

आफ्नी छोरीको पेटमा हँसिया घुसेको देखेर बाबुले हतारहतारमा अस्पतालसम्म पुर्‍याएका थिए । चिकित्सकले बालिका बचाउनका लागि धेरै मेहनत गर्नु परेको थियो । दुई घण्टा लामो शल्यक्रियापछि चिकित्सकले बालिकाको पेटमा घुसेको हँसिया निकाले ।

बालिकाको स्वास्थ्य अवस्था अहिले राम्रो छ । यो घटनालाई लिएर अनेक प्रश्न उठेका छन् । स्थानीयले बालिकाले धानका बाला काटिरहेकी थिइन् । त्यहीँ बेलामा मेसिन आफूतर्फ आउँदै गरेको देखेकी बालिका आत्तिइन् । उनी भुइँमा लगेपछि हँसिया पेटमा घुसेको थियो ।

हँसियाले भित्री अंगमा कुनै पनि प्रकारको असर नगरेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: