काठमाडौंको ट्राफिक व्यवस्थापन : कतै आकाशे पुल, कतै ओभर हेड निर्माण « Nagarik Khabar

काठमाडौंको ट्राफिक व्यवस्थापन : कतै आकाशे पुल, कतै ओभर हेड निर्माण



  • सञ्जय श्रेष्ठ

काठमाडौं । काठमाडौं उपत्यकामा जनघनत्व र सवारी चाप हुने ठाउँमा आकाशे पुल, ओभर हेड र इन्टरसेक्टर निर्माणलाई अघि बढाएको छ ।

काठमाडौंको दुई ठाउँमा आकाशे पुल निर्माणधीन छ। दुई ठाउँमा चाँडै निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । निर्माणाधीनमध्ये काठमाडौं महानगरपालिकाले माइतीघर र सडक विभागले नयाँबानेश्वरमा निर्माण गरिरहेको छ ।

महानगरपालिकाले चाबहिल र जयबागेश्वारीमा पनि चाँडै आकाशे पुल प्रक्रिया शुरु गर्ने महानगरपालिका कार्यालयका भौतिक पूर्वाधार प्रमुख उत्तर रेग्मीले जानकारी दिए । उक्त ठाउँमा चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने रेग्मीको भनाइ छ ।

भिडियो हेर्नुहोस्ः

यसरी नै महानगरपालिकाको बाँकी १० ठाउँमा नयाँ आकाशे पुल निर्माण गर्ने योजना बनाएको महानगरको प्रवक्ता ईश्वारमान डंगोलले बताए । जसमध्ये टेकुमा लिफ्ट सिस्टमकको आकाशे पुल निर्माण गर्ने योजना छ । अशक्त, अपाङ्गता भएकाहरुका लागि लिफ्ट आकासे पुल सहज हुने डंगोलको भनाइ छ ।

सडक विभागले नयाँबानेश्वरमा निर्माण गरिरहेको छ । कोटेश्वरमा निर्माण गर्ने योजना रहेको पुल भने विवादका कारण रोकिएको छ । विभागले बनाएको इस्टिमेट वडाध्यक्षले अस्वीकार गरेका कारण कोटेश्वरमा विवाद भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए ।

ललितपुरमा ओभरहेड र इन्टरसेक्सन

ललितपुर महानगरभित्र बालकुमारी, ग्वार्को, सातदोवाटो, एकान्तकुना, बखुन्डोल, पुलचोकमा आकाशे पुल निर्माण भएको महानगरपलिकाको प्रवक्ता राजु महर्जनले जानकारी दिए । लगनखेल, जावलाखेललगायत ठाउँमा आकाशे पुल निर्माणको योजना रहेको छ ।

यस्तै, पुल्चोकदेखि कुपण्डोलसम्म ओभरहेड र अन्य चार ठाउँमा इन्टरसेक्सन बनाउने योजना रहेको महानगरपालिकाले बताएको छ । आकाशे पुलभन्दा इन्टरसेक्सन र ओभरहेड स्थायी हुने भएकाले यस्तो योजनालाई प्राथमिकता दिएको प्रवक्ता महर्जन बताउँछन् । त्यसको लागि प्रारम्भिक प्रतिवेदन निर्माण सकिएको र र बिस्तृत डिटेल प्रतिवेदनको तयारीमा लागेको उनले बताए । इन्टरसेक्सन ग्वार्को, सातदोबाटो, एकान्तकनामा बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: