दीपिका र सन्नीलाई जितेकी प्रियंकाले सलमान शाहरुखलाई पनि पछि पारिन् « Nagarik Khabar

दीपिका र सन्नीलाई जितेकी प्रियंकाले सलमान शाहरुखलाई पनि पछि पारिन्



एजेन्सी । बलिउड अभिनेत्री प्रियंका हालै फिल्म द स्काई इज पिंकमा देपखएकी थिइन् ।

यसफिल्ममार्फत देसी गर्ल प्रियंकाले बलिउडमा धमकेदार इन्ट्री गरेकी थिइन् ।

फिल्मलाई समीक्षकले निकै तारिफ समेत गरेका थिए । तर, आम दर्शकले फिल्मलाई त्यति रुचाएनन् ।

भलै दर्शकले यस फिल्मलाई ज्यादै नरुचाए पनि प्रियंकालाई फ्यानकै कारण नयाँ उपलब्धि हासिल भएको छ ।

एक रिसेन्ट सर्वेका अनुसार प्रियंकालाई दुनियाँभर रहेका उनका फ्यानहरुले निकै मन पराएका छन् ।

२०१८ को अक्टोबरदेखि अक्टोबर २०१९ को बीचमा फयानहरुको निम्ति गज्जबको प्रभाव छाडेकी छिन् । यसैकारण प्रियंकालाई (इन्टरनेटमा) २०१९ मा २.७४ मिलियन पटक सर्च गरिएको छ ।

 

यस लिस्टमा प्रियंकाका अलावा अर्की बलिउड सुन्दरी दीपिका पादुकोण दोस्रो र सन्नी लियोनी तेस्रो नम्बरमा परेकी छिन् ।

सर्वेअनुसार सलमान खानलाई अक्टोबर २०१९मा १.८३ मिलियन पटक सर्च गरिएको छ । यस लिस्टमा शाहरुख खान दोस्रो र अमरीश पुरी तेस्रो नम्बरमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: