समाजवादीका उम्मेदवार गुरुङको घरदैलो कार्यक्रम « Nagarik Khabar

समाजवादीका उम्मेदवार गुरुङको घरदैलो कार्यक्रम



पोखरा । कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा समाजवादी पार्टीबाट उम्मेदवार रहेका धर्मराज गुरुङ चुनावी प्रचार प्रसारसँगै घरदैलो तथा मतदाता भेटघाट अभियानमा छन् ।

मतदातासँगको भेटघाटमा मतदाताले राजनीतिक पहुँच नभएको गाउँहरुमा विभेद भएको गुनासोहरु गरेका छन् । पोखरा महानगरपालिका–३३ पुगेका गुरुङलाई स्थानीयले गुनासो गरेका हुन् ।

उम्मेदवार गुरुङ बुधवार वडा नम्बर ३३ को मालागिरी, भोटेपोखरी, बरपौवा, देउराली, डाँडागाँउ, भर्तीपोखरा, सुरताने, चिसापानी, जिब्रेढुंगा, भगवती चौतारालगायतका गाउँहरुमा घरदैलोको क्रममा पुगेका थिए । ती क्षेत्रका बासिन्दाले नेताका गाउँमा विकास योजना गए पनि आफ्नो गाउँमा केही नपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: