राष्ट्रपतिबाट मन्त्रिपरिषद् पुनर्गठन, कोको भए नयाँ मन्त्री ? (सूचीसहित) « Nagarik Khabar

राष्ट्रपतिबाट मन्त्रिपरिषद् पुनर्गठन, कोको भए नयाँ मन्त्री ? (सूचीसहित)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदको पुनर्गठन गरेका छन् । लामो कसरतपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्न गरेका सिफारिस अनुसार राष्ट्रपति भण्डारीले मन्त्री परिषदको पुनर्गठन गरेका हुन् ।

पुनर्गठित मन्त्री परिषदमा केहीलाई विदाई, केही नयाँको नियुक्ति र केहीको जिम्मेवारी हेरफेर गरिएको छ ।

नयाँ हुने मन्त्रीहरुमा लेखराज भट्टलाई उद्योगको जिम्मेवारी तोकिएको छ । त्यस्तै, रामेश्वर राय यादवलाई श्रमको जिम्मेवारी छ । घनश्याम भुसाललाई कृषि, पार्वत गुरूङलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक, वसन्त नेम्वाङलाई भौतिक,
भानुभक्त ढकाललाई स्वास्थ्य, उपेन्द्र यादवलाई कानून, रामवीर मानन्धरलाई सहरी विकास राज्य, नवराज रावललाई राज्य र मोती दुगद उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीहरुको जिम्मेवारी र नयाँ नियुक्ति गरेको हो ।

नवनियुक्त मन्त्रीहरुको सपथ भोलि हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: