कांग्रेसको भातृ संस्था भद्रगोल : तरुण दलको तीनवर्षे कार्यकालमा ४ जनाको केन्द्रीय समिति ! « Nagarik Khabar

कांग्रेसको भातृ संस्था भद्रगोल : तरुण दलको तीनवर्षे कार्यकालमा ४ जनाको केन्द्रीय समिति !



काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दलको तीनबर्से कार्यकाल सकिएको छ ।

तर तीन वर्षको कार्यकालभरि तरुण दलको केन्द्रीय कार्यसमितिमा जम्मा ४ जना मात्र पदाधिकारी थिए । ०७३ मंसिरमा नेताबीच भागबन्डाको आधारमा घोषित समितिको म्याद मंसिर २ गते नै सकिएको हो ।

पोखरामा भएको महाधिवेशनमा पार्टी नेताहरूको आन्तरिक सहमतिमा ४ जना पदाधिकारीको समिति बनाइएको थियो । समितिमा अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चपागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङलाई बनाइएको थियो ।

पोखरामा भएको महाधिवेशनमा अन्य सदस्यपछि थप्ने भन्दै ४ जनाको समिति घोषणा भयो । विधानअनुसार ९५ जनाको केन्द्रीय समिति हुन्छ । ९१ जना खाली रहँदै कार्यकाल सकियो ।

‘हामीलाई केन्द्रीय समिति विस्तार गर्ने अधिकार थिएन,’ अध्यक्ष बस्नेतले भने, ‘हाम्रो पार्टीको समस्य (आन्तरिक गुटबन्दी) तपाईंहरूलाई थाहै छ । त्यसकारण चारजनामै सीमित रह्यौँ ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा चिरञ्जीवी घिमिरेले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: