कौसीमा तरकारी खेती « Nagarik Khabar

कौसीमा तरकारी खेती



काठमाडौं । कास्की पोखरा पर्यटकीय सहर । सानो जग्गामा पनि भवन खडा गरेर व्यावसायिकता दिने यहाँका प्रचलनले खेत, बारी मासिने क्रम बढ्दो छ ।

बारीमा तरकारी खेती गरेर आफू पनि खाने र बेच्ने भन्ने कल्पना गर्न पोखराभित्र कठिन भइरहेका बेला यहाँ कौसी खेती गर्ने प्रचलन बढ्दै छ ।

तरकारीको माग बढ्दै जानु तथा स्थानीय तहबाट आपूर्ति हुन नसक्दा यहाँ तरकारीको भाउ मुलुकका अन्य सहरभन्दा महँगो हुने गर्छ । त्यसैले पनि यहाँ आफ्नो पारिवारिक आवश्यकताका पूर्तिका लागि पनि कौसी खेती गर्न लागिएको हो ।

यसलाई प्रविधिशैलीे विकासका रूपमा लिन सकिन्छ ।

पोखरा–८ कृषि सञ्जालका संयोजक सरस्वती अधिकारीले कौसी खेतीबाट ८० प्रतिशत तरकारी जोहो गरेको बताउनुहुन्छ । दुई वर्षदेखि कौसी उत्पादन गर्दै आएकी अधिकारी खेतबारीमा भन्दा कौसीमा राम्रो तरकारी फलेको बताउँछिन् ।

त्यसैगरी पोखरा–७ नागढुङ्गा विकास समाजमा आवबद्ध कृषकहरू घरमा आवश्यक तरकारीको ७० प्रतिशत उत्पादनले धानेको बताउँछन् ।

आजको गोरखापत्र दैनिकले तारा चापागाईं दुवेको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: