प्रधानमन्त्रीको आग्रह उपसभामुखद्वारा अस्वीकार ! « Nagarik Khabar

प्रधानमन्त्रीको आग्रह उपसभामुखद्वारा अस्वीकार !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिए पनि संसदमा सभामुख नभएको अवस्थामा उपसभामुखले पनि राजीनामा दिँदा राम्रो सन्देश नजाने भएकाले अस्वीकार गरेको बताइएको छ ।

तर, संघीय संसद्की उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नभएको बताएकी छन् ।

उनले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बनाउने विषयमा आफूलाई कुनै पनि जानकारी नरहेको बताएकी हुन् । उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘म नियमित काम गरिरहेको छु, उपसभामुखबाट राजीनामा दिनुपर्ने प्रस्ताव कतैबाट पनि आएको छैन ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: