वितरण गरिएका १० लाख कण्डम फिर्ता « Nagarik Khabar

वितरण गरिएका १० लाख कण्डम फिर्ता



काठमाडौं । परोपकारी संस्था मेरी स्टोप्सले अफ्रिकी मुलुक युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम फिर्ता लिएको जनाएको छ ।

परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगान्डाको नेसनल ड्रग अथोरिटी (एनडीए) ले जनाएको छ ।

मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । युगान्डामा करिब ६ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित रहेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।

अर्को अध्ययनअनुसार त्यहाँ ११ प्रतिशतले मात्रै योजना बनाएर गर्भाधारण गर्ने गरेको पाइएको छ । मेरी स्टोप्सले युगान्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखसम्म कन्डम आपूर्ति गर्ने गरेको छ ।

‘यस किसिमको विषयलाई लिएर कुनै एउटा देशको हाम्रो कार्यक्रमले फिर्ता लिएको यो पहिलो घटना भएको हामी पुष्टि गर्न सक्छौं,’ मेरी स्टोप्सले भनेको छ ।

यो समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: