मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते « Nagarik Khabar

मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते



सर्लाही । वनमौरीको टोकाइबाट सर्लाहीको मलङ्गवा–७ मुसैलीमा एक बालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ ।

मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि बुधबार राति मलङ्गवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीय हरदास यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: