मन्त्रिमण्डल पुनर्गठनमा गुटगत पूर्वाग्रह राखियो : प्रभु साह « Nagarik Khabar

मन्त्रिमण्डल पुनर्गठनमा गुटगत पूर्वाग्रह राखियो : प्रभु साह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नं. २ अध्यक्ष प्रभु साहले मन्त्रिमण्डल पुनर्गठनमा सामान्य कम्युनिस्ट सिद्दान्त पनि लागू नगरिएको प्रतिक्रिया दिएका छन् ।

साहको यो अभिव्यक्तिले सत्तारुढ नेकपाभित्रै मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा असन्तुष्टि रहेको प्रष्टै हुन्छ ।

मन्त्रिमण्डल पुनर्गठनको लामो चर्चाका बीच बुधबार सरकारका मन्त्रीहरु हेरफेर गरिएको थियो । त्यसमा योग्यलाई अलग्याइएको र अध्क्षद्वयले पूर्वग्रह राखेको प्रतिक्रियाहरु आइरहेका छन् ।

‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो,’ पूर्वमन्त्री समेत रहेका साहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन ।’

साहले योग्यहरुलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको पनि टिप्पणी गरेका छन् । नेतृत्वको यो कार्यले आफूहरु लज्जित भएको उनको भनाइ छ । ‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लज्जित भएका छौं,’ साहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: