बर्दियामा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु « Nagarik Khabar

बर्दियामा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव रहेका छन् । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे ४ प ७२१७ नम्बरको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: