मिर्गौला रोगपीडित मनिषालाई सञ्जिवनी दिदीबहिनी केन्द्रको सहयोग « Nagarik Khabar

मिर्गौला रोगपीडित मनिषालाई सञ्जिवनी दिदीबहिनी केन्द्रको सहयोग



पोखरा । दुबै मिर्गौला रोग पीडित २४ बर्षीया मनिषा गुरुङलाई सञ्जिवनी दिदीबहिनी केन्द्रले ६ लाख ३४ हजार ३४० रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

मनिषाको मिर्गौला प्रत्यारोपणको लागि सञ्जिवनी दिदीबहिनी केन्द्रले सहयोग रकम हस्तान्तरण गरेको हो ।

हङकङ निवासी सामाजिक अभियन्ता, सञ्जिवनी दिदीबहिनी केन्द्रका संस्थापक सदस्य तथा हङकङ संयोजक कमला गुरुङको सक्रियतामा हङकङमा उक्त रकम संकलन गरिएको हो ।

सहयोग रकम एक कार्यक्रम आयोजना गरी सञ्जिवनी दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाउ अभियानका सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङ, सचिव शेरबहादुर गुरुङ र कोषाध्यक्ष रोबिन गुरुङलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा मनिषा बचाउ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङका अनुसार चिकित्सकले करिब २० लाख खर्च लाग्ने भने पनि आफूहरुले २५ लाख संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म करिब ४० लाख रुपैयाँ सहयोग संकलन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: