भविष्यमा बलात्कारी बन्ने आशंकामा एक महिलाद्वारा आफ्ना ३ छोराको हत्या « Nagarik Khabar

भविष्यमा बलात्कारी बन्ने आशंकामा एक महिलाद्वारा आफ्ना ३ छोराको हत्या



एजेन्सी । ठूलो भएर यीनीहरुले महिलामाथि यौनशोषण गर्नेछन्, यही सोचेर एक महिलाले आफ्ना तीनजना छोराको हत्या गरेकी छिन् । आफ्ना तीन छोराको हत्या गरेको अभियोगमा ती २७ वर्षीय महिलालाई अदालतले ३७ वर्ष जेल सजाय सुनाएको छ ।

ब्रिट्नी रेनी पिल्किङ्टन नाम गरेकी ती ओहायो महिलालाई अदालतले आफ्ना तीन छोराको हत्या गरेको आरोपमा ३७ वर्ष जेल सजाय सुनाएको हो ।

सन् २०१५ मा ब्रिट्नीको ३ महिनाको बच्चा उनको पति बेलेफोन्टेनीस्थित उनको पतिको अपर्टमेन्टमा मृतअवस्थामा भेटिएको थियो । सोही वर्ष उनको चार वर्षको अर्काे छोरोको पनि मृत्यु भएको थियो । त्यस्तै सन् २०१४ मा उनको अर्काे छोराको पनि मृत्यु भएको थियो ।

अधिकारीहरुका अनुसार ब्रिट्नीले अधिकारीसमक्ष ती तीनै जना छोराको हत्या आफूले गरेको स्वीकार गरेकी थिइन् । उनले प्रहरीलाई भनेकी थिइन्, मलाई मेरा छोराहरुले ठूलो भएपछि महिलाको बलात्कार गर्छन् भन्ने ठूलो चिन्ता थियो । यसैले मैले उनीहरुको हत्या गरेँ ।

डेलीमेलले प्रकाशित गरेको समाचारमा जनाइएअनुसार ब्रिट्नी स्वयं पनि यौन शोषणको सिकार भएकी थिइन् । उनका पति जोसेफ पिकिङ्टनले उनिमाथि कलिलो उमेरमै यौन शोषण गरेका थिए ।

अधिकारीहरुका अनुसार जोसेफ ब्रिट्नीभन्दा पहिले उनकी आमसँग सम्बन्ध राख्दथे । पछि उनले आफूभन्दा करिब २० वर्ष कान्छी ब्रिट्नीसँग सम्बन्ध राखे । जसका कारण उनी १७ वर्षकै उमेरमा गर्भवती भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: