नवनियुक्त मन्त्रीलाई बधाई दिन पुगेका विष्टले प्रधानमन्त्रीलाई दिए धन्यवाद ! « Nagarik Khabar

नवनियुक्त मन्त्रीलाई बधाई दिन पुगेका विष्टले प्रधानमन्त्रीलाई दिए धन्यवाद !



काठमाडौं । निवर्तमान श्रममन्त्री गोकर्ण विष्टले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई बधाई दिएका छन् । सिंहदरबार पुगेर  विष्टले बेरोजगार युवा र श्रमिकको पक्षमा आफूले इमान्दारीपूर्वक काम गरेको बताए ।

आफ्नो कार्यकालमा साथ दिने सबैलाई धन्यवाद दिदै विष्टले सँगै काम गर्ने अवसर प्रदान गरेकामा प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । उनले भने, ‘श्रम मन्त्रालयको नेतृत्वसहित मलाई काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यू प्रति कृतज्ञ छु ।’

गोर्कणले भने, पद अस्थायी चिज हो । मुख्य कुरा जति दिन बस्छौँ । नागरिक प्रतिको जिम्मेवारी निभाए यसको मुल्याङ्कन नागरिकले गर्छ । विशिष्ट काम गर्नुस् । देश र नागरिकलाई केन्द्र भागमा राखेर काम गर्नुस् । मन्त्री बन्न राजनीतिमा लागेको होइन । नागरिकको सेवाको लागि हो । यो बिदाइपछि नागरिकलाई केन्द्र भागमा राखेर काम गर्नेछु ।

नवनियुक्त मन्त्री यादव भने दिउँसो तीनबजे मात्र आउँने भएकाले उनले भेट गर्न भने पाएनन् ।

निजी गाडी चढेर सिंहदरबार पुगेका निवर्तमान मन्त्री विष्टले आफ्नो टोलीमा रहेर काम गरेका सबैलाई धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: