मातृका यादवको त्यो अडान, जसले प्रभु साह मन्त्री बन्न पाएनन् « Nagarik Khabar

मातृका यादवको त्यो अडान, जसले प्रभु साह मन्त्री बन्न पाएनन्



काठमाडौं । निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यसअघि नै मन्त्री पद छाड्ने सोचाइमा थिए ।

सरकारले मन्त्रिमण्डल हेरफेर गरेसँगै बुधबार रातिदेखि मातृका प्रसाद यादवको मन्त्री पद गुमेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा नमिल्ने र प्रधानन्त्रीले आफ्नो मन्त्रालयको काममा हस्तक्षप गरिरहेको यादवले बताउँदै आएका थिए ।

खरो स्वभावका यादवले नेकपा अध्यक्ष प्रचण्डसँग आफू जुन बेला भन्यो त्यही बेला मन्त्री पद छाड्न तयार रहेको समेत बताएका थिए ।

यादवलाई मन्त्रीबाट हटाइएसँगै मधेसी मुलबाट नयाँ मन्त्री बनाइने र त्यो पद प्रभु साहले पाउने धेरैको अनुमान थियो । साहको दाबी पनि थियो ।

तर मातृकाले प्रचण्डसमक्ष एउटा शर्त राखेका थिए ।उनको शर्त थियो, ‘म मन्त्री पद जुनसुकै बेला छाड्न तयार छु । तर मैले छाड्ने बेला रामेश्वर राय यादवलाई मन्त्री बनाउनुपर्छ ।’

उनको यो शर्तले प्रभु साह मन्त्री बन्नबाट रोकिएका हुन् ।

मातृकाले आफूले मन्त्री पद छाडे पनि आफू अनुकुलका व्यक्तिलाई मन्त्री बनाएर प्रभु साहको मन्त्री यात्रा रोकिदिएका छन् । यादव र साहको मधेसमा टकराव छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: