मन्त्री गुरूङको स्वागत गर्दै बिदा भइन् थापा « Nagarik Khabar

मन्त्री गुरूङको स्वागत गर्दै बिदा भइन् थापा



काठमाडौं । गत २०७४ फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ खाएर महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थममाया थापा मन्त्रालयबाट बिदा भएकी छिन् ।

सरकारले मन्त्रिपरिषद हेरफेर गरेसँगै मन्त्री थापा बहिर्गमनमा परेकी हुन् । थापालाई बिदाई गर्दै सरकारले महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको रुपमा पार्वत गुरुङलाई नियुक्त गरेको छ ।

सपथ ग्रहणसँगै मन्त्री गुरुङले आजैदेखि पदभार समेत सम्हालेका छन् । नवनियुक्त मन्त्री गुरुङलाई बधाई दिन निवर्तमान मन्त्री थममाया थापा मन्त्रालय पुगेकी थिइन् ।

मन्त्री गुरुङलाई बधाई दिदै थापाले भनिन्, ‘तपाइँजस्तो उर्जावान युवा नेता मन्त्री हुनुभएको छ थप सफलताको शुभकमना ।’

जवाफमा मन्त्री गुरुङले भने, ‘दिदीको सधैं साथ, सहयोग र अनुभवका साथ अघि बढ्नेछु ।’

यो पढ्नुभयो ?

मन्त्रीबाट हटेसँगै थममायाको यस्तो प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: