लोभ र डरबाट प्रभावित नहुने मन्त्री भुषालको प्रतिवद्धता « Nagarik Khabar

लोभ र डरबाट प्रभावित नहुने मन्त्री भुषालको प्रतिवद्धता



काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताए ।

बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सारे ।

यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: