काठमाडौंको सडक समस्या समाधान गर्ने मन्त्री नेम्वाङको प्रतिवद्धता « Nagarik Khabar

काठमाडौंको सडक समस्या समाधान गर्ने मन्त्री नेम्वाङको प्रतिवद्धता



काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनियुक्तमन्त्री नेम्वाङले काठमाडौंको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले संचारकर्मीमाझ काठमाडौंको सडकको समस्या समाधान गर्न आफूलाई कठिन होलाजस्तो नलागेको प्रतिक्रिया पनि दिए ।

काठमाडौंको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि सो समस्या समाधान गर्न समस्या नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाई छ ।

उनले पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई आफूले प्राथमिकता दिने पनि बताए ।

विगतमा मन्त्रालयमा भएका कामहरुको समीक्षा गर्दै अघि बढ्ने मन्त्री नेम्वाङको योजना छ ।

पदभार ग्रहण गर्नुअघि मन्त्री नेम्वाङलाई सचिव देवेन्द्र कार्कीलगायतका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: