कर्मचारी समायोजनमा देखिएको समस्या समाधान गर्छु : मन्त्री त्रिपाठी « Nagarik Khabar

कर्मचारी समायोजनमा देखिएको समस्या समाधान गर्छु : मन्त्री त्रिपाठी



काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफू लागिपर्ने बताए ।

बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिनुभएका मन्त्री त्रिपाठीले दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै संचारकर्मीमाझ स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि बताए ।

मन्त्री त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताए ।

उनले महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: