दुर्घटनामा अपांग भएका छोङवा शेर्पालाई अमेरिकाबाट आर्थिक सहयोग « Nagarik Khabar

दुर्घटनामा अपांग भएका छोङवा शेर्पालाई अमेरिकाबाट आर्थिक सहयोग



काठमाडौं । सडक दुर्घटना हुँदा अपांग बनेका ट्रेकिङ गाइड छोङबा शेर्पालाई अमेरिकामा रहेका शेर्पाहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

गत साउनमा तिब्बतबाट फर्कने क्रममा रसुवाको तातोपानीमा जिप दुर्घटनामा परी छोङबा शेर्पा अपांग बनेका थिए । जिप दुर्घटनामा उनले देव्रे खुट्टा गुमाएका छन् ।

अमेरिका बस्दै आएका धर्मडाडा शेर्पा समाजका सल्लाहकार तथा समाजसेवी सर्की शेर्पाको पहलमा संकलित ३ लाख ४ हजार ७५ रुपैया विरामी शेर्पालाई उपलब्ध गराइएको हो ।

सोलुखुम्बु छिरिङखर्कका शेर्पाका एक छोरा र एक छोरी छिन् ।

घरको मुख्य अर्थोपार्जन गर्ने व्यक्ति नै अपांग भएपछि उनीहरुको दैनिकी सञ्चालनमा थोरै भएपनि सहयोग गर्ने उदेश्यले अमेरिकामा रहेका आफ्नो आफन्त तथा साथी भाईसँग रकम संकलन गरेर पठाएको समाजसेवी सर्की शेर्पाले बताए ।

धर्मडाँडा शेर्पा समाज नेपालका महासचिव डेण्डी शेर्पा तथा संस्थाका संरक्षक सदस्य, सल्लाहकार तथा आरोही माइला पेम्बा शेर्पाले रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: