विज्ञानको चमत्कार: मरेको मानिस भयो जिउँदो ! « Nagarik Khabar

विज्ञानको चमत्कार: मरेको मानिस भयो जिउँदो !



एजेन्सी । अब चिकित्सकहरुले मानिसलाई मारेर फेरि जिउँदो गर्न सक्ने भएका छन् । तपाईं गम्भीर रुपमा बिरामी, हर्टअट्याक वा अन्य गम्भीर चोटबाट ग्रसित भएमा चिकित्सकहरुले मारेर फेरि जिउँदो बनाउन सक्ने भएका छन् ।

अमेरिकी चिकित्सकहरुको टोलीले अहिलेसम्म १० जना व्यक्तिलाई मारेर जिउँदो गरेको दावी गरेका छन् । अमेरिकाको बाल्टिमोरमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिन सेन्टरका चिकित्कले आश्चर्यजनक काम गरेको बताएका छन् ।

अमेरिकी चिकित्सकको यो दावीलाई न्यू साइन्टिस्ट म्यागेजिनमा प्रकाशित गरिएको छ ।

सेन्टरका निर्देशकसमेत रहेका चिकित्सक स्यामुअल टिशरम्यान र उनको सर्जिकल टोलीले यस्तो सफलता प्राप्त गरेको हो । डा.स्यामुअलले पहिल्यैदेखि गम्भीर खालका बिरामीमा यो परीक्षण गर्ने इच्छा बनाएका थिए । तर धेरै समयमा आफूले सफलता प्राप्त गरेको उनको भनाइ छ ।

उपचारका लागि मात्र प्रयोग गरियो विधिलाई इमरजेन्सी प्रिजारवेशन एण्ड रिससिटेशन एपिआर भनिएको छ । डा. स्यामुअल भन्छन्, ‘एकपटक स्वस्थ युवकलाई कसैले मुटुमा छुरी हानिदिएको थियो । उसलाई तत्काल उपचारका लागि लगियो । तर उपचारका क्रममा उसको मृत्यु भयो । एक्कासी मेरो मस्तिष्कमा मानिसलाई केही घन्टाका लागि मार्न पाएमा कस्तो हुने थियो ? त्यसैले मैले यो खोज गरेर परीक्षण गरेँ ।’

इपिआर विधिमा गम्भीर रुपमा घाइतेलाई १० देखि १५ डिग्रीसेल्सियसको तापक्रममा राखिन्छ । शरीरमा भएको रगतलाई सलाइनले बिस्थापित गरिन्छ । रगतलाई सुरक्षित राखिन्छ । त्यस्तो अवस्थामा मस्तिष्कले पूर्णरुपमा काम गर्न छाड्छ । यस्तो अवस्थामा घाइते व्यक्ति मर्छ ।

उपचारपछि पहिले निकालिएको रगत फेरि शरीरमा हालिन्छ । उपचारपछि ३७ डिग्रीसेल्सियसमा बिरामीलाई राख्ने र पहिलेको रगत शरीरमा प्रवाह गरिन्छ । डा. स्यामुअल टिशरम्यानले यहीँ पद्दती आफूले प्रयोग गरेको बताए । उनले अहिलेसम्म कम्तिमा १० जना व्यक्तिमा यो विधिको परीक्षण गरिएको छ ।

तापक्रम बढ्दासाथ शरीरले फेरि काम गर्न थाल्ने चिकित्सकले बताएका छन् । पहिले मुटु चल्न थाल्छ र लगत्तै मस्तिष्कले काम गर्छ । बिस्तारै अन्य अंगले पनि काम गरेको सेन्टरले जनाएको छ ।

गम्भीर र महत्वपूर्ण उपलब्धिको विषयमा अमेरिकी सरकारले परीक्षणको अनुमति दिएको थियो । अमेरिकी संस्थान युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले डा.स्यामुअल नेतृत्वको टोलीलाई परीक्षणको अनुमति दिएको थियो । सन् २०२०सम्ममा यो परीक्षणलाई अझै सरल बनाइने स्यामुअलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: