निवर्तमान सभामुख महरा पुगे उच्च अदालत « Nagarik Khabar

निवर्तमान सभामुख महरा पुगे उच्च अदालत



काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध निवर्तमान सभामुख कृष्णबहादुर महरा पाटन उच्च अदालत पुगेका छन् ।

जिल्ला अदालतको आदेशविरुद्ध निवर्तमान सभामुख महरा उच्च अदालत पाटनमा पुनरावेदनका लागि पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको आरोपमा पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनले उच्च अदालतमा आदेशविरुद्ध बिहीबार निवेदन दिए ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप महरालाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: