रजनीको घरदैलो अभियान: ‘मत बदलौं, मन बदलौं’ « Nagarik Khabar

रजनीको घरदैलो अभियान: ‘मत बदलौं, मन बदलौं’



पोखरा । कास्की क्षेत्र नं २ की साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदाताको भावनाअनुसार आफूले काम गर्ने बताएकी छिन् ।

बुधबारदेखि पोखरा–१५ मा उपनिर्वाचनलाई लक्षित गर्दै भइरहेको घरदैलो कार्यक्रममा ‘मत बदलौँ, मन बदलौँ’ भन्दै केसीले जनभावनाअनुरूप आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थपेको उनको भनाइ छ । परिवर्तनको संवाहक बनेर देशका लागि अब वैकल्पिक शक्तिको रूपमा साझा पार्टी रहेको उनले बताए ।

पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनताले विकल्प खोजेको भन्दै अब साझा पार्टीबाट देश विकास सम्भव हुने धारणा राखे ।

उनले साझा पार्टी भ्रष्टाचारविरुद्ध देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको प्रष्ट पारे ।

चुनावको समयमा प्रलोभनमा पारेर मत बदल्ने चलखेल गर्ने परिपाटी रहेकाले स्वतन्त्र भएर मत खसाल्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: