रोेल्पाको माडी ५ भावाङ पूर्ण आधारभूत शिक्षा वडा घोषित « Nagarik Khabar

रोेल्पाको माडी ५ भावाङ पूर्ण आधारभूत शिक्षा वडा घोषित



रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नं. ५ भावाङ पूर्ण आधारभूत शिक्षा वडा घोषणा भएको छ ।

पूर्ण आधारभूत शिक्षा वडा घोषणा कार्यक्रममा बोल्दै वडाअध्यक्ष भरत बहादुर बुढामगरले भावाङमा ४ बर्षदेखि १२ बर्षसम्मका बालबालिका बिद्यालयको पहुँचभन्दा भन्दा बाहिर नभएको दाबी गरे ।

गाउँपालिका उपाध्यक्ष धनिकला घर्ती वडा नं. ५ भावाङ पूर्ण आधारभूत शिक्षा वडा भएको घोषणा गर्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रममा वडाअध्यक्ष बुढामगरले कार्यपत्र पेश गर्दै अहिलेसम्म भएका कृयाकलाप तथा आगामी कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा भावाङका सम्पूर्ण बिद्यालय, आमा समूह, विभिन्न झाँकी समूह लगाएतको उपस्थिति रहको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: