‘मन्त्री हेरफेरमा परिवारवाद, गुटवाद र पैसावाद हावी’ « Nagarik Khabar

‘मन्त्री हेरफेरमा परिवारवाद, गुटवाद र पैसावाद हावी’



काठमाडौं । जब बुधबार साँझ मन्त्रिपरिषद हेरफेरको सूची सार्वजनिक भयो तब सामाजिक सञ्जालमा नयाँ मन्त्रीलाई बधाई मात्र होइन, पार्टी नेतृत्वको आलोचना पनि हुन थाल्यो ।

मन्त्री हेरफेरमा परिवारवाद, गुटवाद र पैसावाद हावी भएको भन्दै पार्टीकै नेता कार्यकर्ताले मिडियादेखि सामाजिक सञ्जालसम्म असन्तुष्टि पोखे ।

उनीहरुले कार्यसम्पादन मूल्यांकन कार्डमा राम्रो नतिजा दिएका मन्त्रीलाई फ्याँकिएको तर विवादमा परेका र काम गर्न नसकेकालाई काखी च्यापेको भन्दै आक्रोश व्यक्त गरे ।

खानेपानी मन्त्री बिना मगरलाई नहटाएकामा अधिकांशले विरोध जनाए । गोकर्ण विस्ट र लालबाबु पण्डितलाई हटाएकामा प्रधानमन्त्री ओलीको आलोचना भयो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: