मन्त्रीमण्डल हेरफेर : जसले पाए ‘सरप्राइज’ « Nagarik Khabar

मन्त्रीमण्डल हेरफेर : जसले पाए ‘सरप्राइज’



काठमाडौं । मन्त्रिपरिषद हेरफेरको समाचारलाई आजको कान्तिपुरले केहीलाई सरप्राइज केहीलाई धोका शिर्षकमा पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा वसन्तकुमार नेम्वाङ र हृदयेश त्रिपाठीले सरप्राइज पाएको उल्लेख छ ।

सांसद नेम्वाङ उपनिर्वाचन प्रचारका लागि पाँचथरमा थिए । केही दिन उतै बस्ने उनको योजना थियो । उनको मोबाइलमा बुधबार साँझ प्रधानमन्त्री कार्यालयबाट घण्टी बज्यो ।

फोन गर्नेले भने, ‘भोलि बिहीबार ११ बजे सपथ छ, आउनुहोला ।’ अनि उनी रातारात त्यहाँबाट काठमाडौं हिँडे । नेम्वाङ मन्त्री बन्दैछन् भन्ने चर्चा नेकपा वृत्तमा भए पनि स्वयं उनलाई भने पटक्कै विश्वास थिएन ।

नेकपाको चुनावचिन्ह लिएर नवलपरासी १ बाट बिजयी भएका स्वतन्त्र सांसद हृदयेश त्रिपाठी पछिल्लो समय नेकपासँग असन्तुष्ट थिए । दुई अध्यक्षसँग आफ्नो भूमिकाको बारेमा उनले लामो समयदेखि कुराकानी समेत गर्दै आएका थिए । तर उनलाई ‘अहिले नै मन्त्री बनिन्छ’ जस्तो लागेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: