शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता « Nagarik Khabar

शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता



काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी भएसँगै कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरेका छन । कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्ता गरेका हुन ।

नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल गरिएको जानकारी दिइएको छ । त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए ।

त्यस क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: