भारतसँग जोडिएको झुलाघाट सीमा नाका बन्द « Nagarik Khabar

भारतसँग जोडिएको झुलाघाट सीमा नाका बन्द



बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: