आगलागीमा परी एक बालकको मृत्यु, लाखौंको क्षति « Nagarik Khabar

आगलागीमा परी एक बालकको मृत्यु, लाखौंको क्षति



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउने रातापानी आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा कोही पनि नभएको अवस्थामा आगालागी हुँदा उनै ४ वर्षे छोरा बिष्णु बहादुर राईको मृत्यु भएको हो ।

लाईटर खेलाउने क्रममा आगोलागी हुँदा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन, २ ओटा सुँगुर गरी लगभग १८ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । ‘मृतक बालकलेनै लाइटर खेलाउँदा आगलागी भएको रहेछ,’ उनले भने, ‘त्यही आगोमा परी बालकको पनि मृत्यु भएको पाइयो ।’

सोही आगोबाट छिमेकी बमबहादुर राईको फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, गाई गोठ, घर भित्र रहेको अन्नपात, भाँडा वर्तन, लत्ता कपडा जली १४ लाखको क्षति भएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: