गलकोट घुम्टे महोत्सवमा निःशुल्क फोर जी सिम साट्न सकिने « Nagarik Khabar

गलकोट घुम्टे महोत्सवमा निःशुल्क फोर जी सिम साट्न सकिने



थम्मन थापा

बागलुङ । नेपाल टेलिकमले चौंथो पुस्ताको फोर जी सेवा अहिले सात वटै प्रदेशको शहर देखि गाउँसम्म विस्तारको क्रमलाई तीव्रता दिएको छ ।

टेलिकमले धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सदरमुकाम सहित ग्रामिण क्षेत्रमा पनि फोर जी सेवा विस्तार कार्यलाई तीव्रता दिएको नेपाल टेलिकमले जनाएको छ ।

यसैबीच टेलिकमले फोर जी के हो ? यसबाट के के सुविधा लिन सकिन्छ ? यो कसरी सुचारु गर्न सकिन्छ ? लगायतका विभिन्न फोर जी सँग सम्वन्धित विषयवस्तु अनि नेपाल टेलिकमका सेवा सुविधाहरुको विषयमा जानकारी दिन दोस्रो गलकोट घुम्टे महोत्सवमा आज र भोली हुई दिन (शुक्रबार र शनिबार) इन्स्टल सञ्चालन गर्न लागेको छ ।

अहिले गलकोट नगरपालिका २ थानामा रहेको नेपाल टेलिकमको नमस्ते मोबाइल टावरबाट केही समय पहिले देखि उच्च गतिको अत्याधुनिक प्रविधिको फोर जी सेवा सञ्चालनमा ल्याएको छ ।

अहिले गलकोट क्षेत्रका अधिकांश भूभागमा फोर जी सेवा उपयोग गर्न सकिन्छ । अब निकट भविष्यमा अन स्थानका टावरहरुमा क्रमश बिटिएस र एण्टेना जडान गर्ने कार्य भईरहेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गरी पुराना फोर जी सपोर्ट नगर्ने सिमकार्ड निशुल्क परिवर्तन गरिदिने, विभिन्न प्याकेज, सेवा सुविधाबारे जानकारी गराउन दोस्रो गलकोट महोत्सवमा नेपाल टेलिकमले इन्स्टल सञ्चालनमा ल्याईएको प्रमुख शर्माको भनाई छ ।

नेपाल टेलिकमको कार्यालयमा जान सम्भव नहुने उपभोक्ताहरुलाई सहजता प्रदान गर्ने मुख्य उद्येश्य रहेको शर्माले बताए ।

नेपाल टेलिकमको नमस्ते मोबाइल प्रयोगकर्ताले उक्त इन्स्टलबाट आफनो पुरानो सिमकार्डसँग फोर जी सिम निशुल्क साट्न पाउने छन । टेलिकमले यो सुविधा आज र भोलि दुई दिन उपलब्ध गराउने छ ।

सम्पूर्ण फोर जी सपोर्ट नगर्ने सिमकार्ड प्रयोगकर्तालाई टेलिकमले दोस्रो गलकोट महोत्सवको ईन्स्टलबाट यो सुविधा लिन अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: