बलात्कार आरोपमा पक्राउ परेका अखिलका नेता थुनामा « Nagarik Khabar

बलात्कार आरोपमा पक्राउ परेका अखिलका नेता थुनामा



काठमाडौं । युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रहाङ राईलाई अदालतले थुनामा पठाएको छ।

राई रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियूका केन्द्रीय सदस्य समेत हुन् ।

जिल्ला अदालत काठमाडौंले बिहिबार राईलाई थुनामा पठाउन आदेश दिएको हो।

प्रहरीले गत असोज १२ गते काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर १८ वर्षीया युवतीमाथि बलात्कार गरेको पीडितको उजुरीपछि राईलाई नियन्त्रणमा लिइएको थियो।

महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेशबहादुर सिंहकाअनुसार राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।

पीडित युवतीले राईले जवर्जस्ती मुखमैथुन गराएको प्रहरीमा बयान दिएकी छिन्।

प्रहरीले नियन्त्रणमा लिएसँगै रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले राईलाई पदमुक्त गरिसकेको छ।

अब राईले थुनामा नै बसेर मुद्धा लड्नु पर्ने छ। उनीमाथि लागेको आरोप पुष्टि भएमात्र १० वर्षभन्दा बढी कैद सजाय हुनेछ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: