यसरी कमाउन सकिन्छ पैसा : जसले बनाए चार वर्षमा २०० जनालाई लखपति « Nagarik Khabar

यसरी कमाउन सकिन्छ पैसा : जसले बनाए चार वर्षमा २०० जनालाई लखपति



  • दीपेन्द्र राई

‘पैसा कमाउन ?,’ सिटिजन्स बैंक अध्यक्ष राजनसिं भण्डारीले सुनाए, ‘इमानदारी र इच्छाशक्ति भए काफी हुन्छ ।’

त्यत्ति भए पुग्छ र ? ‘पुग्छ,’ सिटिजन्स बैंक अध्यक्ष भण्डारीले दाबी गरे, ‘इमानदार नेपालीलाई पैसा कमाउन कुनै दुःख छैन ।’

इमानदार नेपालीले पैसा कमाउने थप उपाय सुझाउन पंक्तिकारले आग्रह गरे । ‘सम्बन्धित व्यक्तिलाई कुन व्यवसाय गर्ने अभिरुचि छ, त्यसलाई व्यवस्थापनमात्रै गर्न सके भनेजति पैसा कमाउन सकिन्छ,’ उनले थपे, ‘आफूले गरेको प्रायोरिटी सेक्टर क्रियटलाई व्यवस्थापन गर्न जान्नुपर्‍यो ।’

पुँजीवाद भनेको पैसा, पैसा भनेको पुँजीवाद भन्ने गरिन्छ । र, हो पनि । पैसाको महत्त्व र महिमागान गाएर गाउन सकिँदैन । त्यसैले पैसा कमाउन जोकोही मरिहत्ते गर्छन् । त्यसो भएपछि पैसाको महत्त्व बढ्ने नै भयो । हुन पनि हो, पैसाले घरपरिवार चलेको हुन्छ । समृद्ध मुलक बनाउन पनि पैसा चाहिन्छ ।

‘सम्बन्धित व्यक्तिलाई कुन व्यवसाय गर्ने अभिरुचि छ, त्यसलाई व्यवस्थापनमात्रै गर्न सके भनेजति पैसा कमाउन सकिन्छ,’ उनले थपे, ‘आफूले गरेको प्रायोरिटी सेक्टर क्रियटलाई व्यवस्थापन गर्न जान्नुपर्‍यो ।’

‘तर,’ उनले जिकिर गरे, ‘असल पैसा चाहियो । काम गर्छु भन्ने इच्छाशक्ति भएका जोकोहीलाई पैसाको समस्या पर्दैन ।’

अरबको प्रचण्ड गर्मीमा नोकर बन्न तयार हामी नेपालमा मालिक बन्ने साहस गर्दैनौं भनेर उनले दुःखेसो पोखे । उनले गरेको व्यावहारिक तर्कको उत्तर कोहीसँग छैन । वैदेशिक रोजगारीमा अरब पुगेकामध्ये अपवादबाहेकको अवस्था सहज भइदिएको भए यसो भन्नुको तुक हुँदैनथ्यो ।

दुःख पाएकाहरू उनीकहाँ नोकरी माग्न पुगिरहन्छन् । ‘मकहाँ नोकरी माग्न आउने निराश भएर फर्कन्छन्,’ उनले वास्तविकता बताए, ‘नोकरी माग्ने होइन, मालिक बन भन्दिन्छु । मैले त्यसो भनेपछि उनलाई तीतो लाग्ने नै भयो । पहिलेको तीतो पछिको मीठो कुन जाती ?’

जागिर माग्दै शरणमा पुगेकालाई सुरुमा पीडा हुने नै भयो । ‘तर, अहिले उनीहरू हाँसी–खुसी छन्,’ उनले खुसी व्यक्त गरे, ‘मालिक बनेकाहरूले अंकल भन्दै श्रद्धा गर्छन् । त्यसो भन्नेहरूले महिनामा लाखौं कमाउँछन् ।’

त्यसो भए इच्छाशक्ति र इमानदारीलाई कसरी ‘क्यास’ गर्ने ?

‘तपाईंबाट सुरु गरौं,’ उनले पंक्तिकारलाई आश्वासन दिए, ‘तपाईं जागिर छाडेर आउनूस् । म तपाईंलाई मासिक दुई लाख कमाउने बनाइदिन्छु ।’

मासिक दुई लाख रुपैयाँ कसरी कमाउन सकिन्छ, त्यही सरल उपाय बताइदिनुभए पैसा कमाउन खोज्ने लाभान्वित हुने थिए कि भनेर पंक्तिकारले पुनः अनुरोध गरे ।

‘हो, मैले भने नि तपाईंको अभिरुचि केमा हो । म त्यो गरिदिन्छु । चिया पसल गर्ने हो वा पानपसल खोल्ने । ‘कपाल काट्ने सलुन खोल्ने कि अन्य केही । भैंसेपाटीमा चियापसल खोल्नुस्,’ उनले उदाहरण पेस गरे, ‘महिनाको ४० हजार कमाउनुभएन भने मेरा कान काटेर फालिदिन्छु । चियापसलमा दुःख छ । गिलास माझ्ने मानिस पाइँदैनन् । आफैंले माझ्न तयार हुनुपर्छ । तपाईंलाई जागिर छाड्न त्यति सजिलो छैन । तपाईंले जागिर छाड्नुभयो भने मेरो मिसन पूरा भएको ठान्छु ।’

लगानी पनि त चाहियो ?

‘लगानीका लागि समस्या छैन । यत्रा बैंक खुलेका छन् । त्यसका लागि म भूमिका खेलिदिन्छु । ४० वर्षे बैंकिङ करिअरले पैसाको सदुपयोग ग¥यो भने आम्दानी कसरी बढाउन सकिन्छ भन्ने ज्ञानको ढोका खोलिदियो,’ उनले प्रस्ट्याए, ‘त्यसैले त मैले बारबार भन्दै आएको छु, इमानदार भइएन भने हात लागेको पुँजी सदुपयोग गर्न सकिँदैन ।’

पैसा कमाउन नसक्नेहरू इमान्दार नभएकै हुन् त ?

‘अरूको कुरा नगरौं । मैले भनेको छु– केही गर्ने इच्छाशक्ति भएका इमानदार नेपाली मेरो सम्पर्कमा आए, तिनलाई कमाउने मालिक बनाइदिन्छु । चार वर्षभित्र दुई २०० जनालाई मालिक बनाइदिएको पनि छु,’ उनले अनुरोध गरे, ‘मैले भनेको बाटोमा हिँड्न दुःख छ । तर, मालिक बन्न सकिन्छ । मालिक बन्ने इच्छा भएको हुनुपर्यो‍ । त्यति भए भनेभन्दा बढी कमाउन सकिन्छ ।’

‘अरूको कुरा नगरौं । मैले भनेको छु– केही गर्ने इच्छाशक्ति भएका इमानदार नेपाली मेरो सम्पर्कमा आए, तिनलाई कमाउने मालिक बनाइदिन्छु । चार वर्षभित्र दुई २०० जनालाई मालिक बनाइदिएको पनि छु,’ उनले अनुरोध गरे, ‘मैले भनेको बाटोमा हिँड्न दुःख छ । तर, मालिक बन्न सकिन्छ । मालिक बन्ने इच्छा भएको हुनुपर्यो‍ । त्यति भए भनेभन्दा बढी कमाउन सकिन्छ ।’

त्यति भए मालिक बनिन्छ होइन ? ‘तपाईं जागिर छाडेर आउनूस् न । इच्छाशक्ति र इमान्दार भएपछि बाँकी सिक्दै जाने हो । मेरो बाटोमा हिँडिदिए पुग्छ,’ उनले ठोकुवा गरे, ‘दुःख गर्छु भन्ने इच्छाशक्ति चाहिन्छ । आफ्नो अभिरुचिमा प्रस्ट हुनुपर्‍यो । तपाईंलाई ड्राइभिङमा रुचि छ भने एउटा ट्याक्सी चलाउनुस् । महिनामा एक लाख रुपैयाँ कमाउन सकिन्छ । कमाइएन भने कान काटेर फाल्दिन्छु ।’

क्षमता, क्षमता पहिचान र मिहिनेत पनि त चाहिएला नि ? भनेर पंक्तिकारले जिज्ञासा राखे । ‘कतिपय सिकेर र गाइडलानका भरमा जानिहालिन्छ । इमानदार र इच्छाशक्ति आधारभूत आवश्यकता हुन्,’ उनको भनाइ थियो, ‘आचरण र व्यवहार राम्रो भए पलासको फूलमा सुगन्ध भेटेसरह हुन्छ ।’

सिटिजन्स बैंक अध्यक्ष राजनसिं भण्डारी राष्ट्र बैंकमा विशिष्ट श्रेणीको जागिरे थिए । कन्सल्टेन्सीमा पढाउँथे । घर बनाइसकेका थिए । यो २०५० सालको कुरा हो । ‘त्यतिबेला मसँग तीन लाख रुपैयाँ थियो । के गरौं, के गरौं भयो,’ उनले पैसा सदुपयोग गरेको दृष्टान्त पेस गरे, ‘ट्याक्सी किनें । ड्राइभर राखें । खर्च कटाएर दैनिक ६०० रुपैयाँ हात लाग्थ्यो । त्यतिबेला मेरी छोरी बूढानीलकण्ठमा पढ्थिन् । छोरीको मासिक शुल्क ६ हजार आउँथ्यो । छोरा रातो बंगलामा पढ्थे । दुवैको विद्यालय शुल्क बुझाउन ट्याक्सीले सघायो ।’

‘तपाईं जागिर छाडेर आउनूस् न । इच्छाशक्ति र इमान्दार भएपछि बाँकी सिक्दै जाने हो । मेरो बाटोमा हिँडिदिए पुग्छ,’ उनले ठोकुवा गरे, ‘दुःख गर्छु भन्ने इच्छाशक्ति चाहिन्छ । आफ्नो अभिरुचिमा प्रस्ट हुनुपर्‍यो । तपाईंलाई ड्राइभिङमा रुचि छ भने एउटा ट्याक्सी चलाउनुस् । महिनामा एक लाख रुपैयाँ कमाउन सकिन्छ । कमाइएन भने कान काटेर फाल्दिन्छु ।’

इमानदार भएपछि पुँजी स्वतः आउँछ भन्ने उनले ट्याक्सी थप्दै लगे । राष्ट्र बैंकबाट अवकाश लिएपछि सिटिजन्स बैंक सिइओ भए । ‘धोबीघाटको घर बेचेर अहिले बसिरहेको जग्गा किनें,’ २७ वर्ष राष्ट्र बैंकमा काम गरेका उनले प्रस्ट पारे, ‘राष्ट्र बैंकमा रहँदा पैसा अभाव भएकाले व्यवसाय सुरु गरेको थिएँ । सिइओ भएपछि पैसा अभाव भएन । त्यतिन्जेलसम्म ११ ट्याक्सी, दुई माइक्रोबस थिए । सबै बेचेर भैंसेपाटीको यो घर बनाएको हुँ ।’

पैसाले पैसा तान्छ भनिन्छ । ‘एनिहाउ पैसा कमाऊ’ भन्नेको कमी छैन । पैसा भए ऐसा हुन्छ भन्नेको बाहुल्य छ । पुँजीवादको पावर सेल्टर पैसामा छ । भन्नेले पैसा भनेको हातको मैला पनि भन्छन् । तर, पैसा देखेपछि महादेवको त तीन नेत्र हुन्छ भन्ने नेपाली उखान प्रचलित छ । पैसालाई लक्ष्मीसँग तुलना गरिन्छ । पैसाको महत्त्व भएकाले वर्षमा एक दिन लक्ष्मीपूजा गर्छौं । ‘लक्ष्मीपूजा गरेर पैसा कमाइँदैन,’ उनले पुछारमा भने, ‘म कर्म गर्दै जान्छु । तर, भाग्यमा पनि विश्वास गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: