उदयपुरमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु, एक घाइते « Nagarik Khabar

उदयपुरमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु, एक घाइते



उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका–९ भिमास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने एक घाइते भएका छन् ।

बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हाे । मोटरसाइकल चालक सुनसरीको कालाबन्जर गाउँपालिका–३ का २३ वर्षीय दीपक बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । मोटरसाइकलमा पछाडि रहेका सोही २४ वर्षीय रमेश बिक घाइते भएको छन् । उनी मृतकका दाजु हुन् ।

दुर्घटनामा परी घाइते भएपछि दुबैजनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार गरिएको थियो । डिएसपी केसीले दिपकको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: