महराको निवेदनमाथि उच्च अदालतले दियो कैफियत प्रतिवेदन बुझाउन आदेश « Nagarik Khabar

महराको निवेदनमाथि उच्च अदालतले दियो कैफियत प्रतिवेदन बुझाउन आदेश



काठमाडौं । बलात्कार अभियोगमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध दिएको निवेदनमा उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले हराकातर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो । महरा संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास अभियोग लागेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा डिल्ली बजार कारागारमा रहेका छन् ।

महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन शुक्रबार मुख्य न्यायाधीश सुवेदीको इजलासमा पेस भएको हो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध महरा उच्च अदालत पुगेका थिए ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोगमा महरालाई थुनामा राखी अनुसन्धानअघि बढाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: