ट्याक्टरबाट कटुवा पेस्तोलसहित एक पक्राउ


SHARES

काठमाडौँ । उदयपुरमा कटुवा पेस्तोल सहित एक पक्राउ परेका छन । उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेबाट रामपुर तर्फ आउदै गरेको स१त ७४४० नम्वरको ट्याक्टरबाट सोही स्थानका १९ वर्षे मनोज खत्री पक्राउ परेका हुन ।

ट्याक्टरमा काम गर्ने सोही स्थानका १८ वर्षे विश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल देखाएको जानकारी इलाका प्रहरी कार्यालय रामपुरलाई दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

‘खत्रीलाई कटुवा पेस्तोल सहित पक्राउ परेपछि थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अन्य एक जना समेत संलग्न रहेको भनि खुल्न आएको हुदा आएकाले खोज तलास भईरहेको छ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २७ गते, मंगलवार

menu LIVE TV