इयूहोफाको अध्यक्षमा गेट कलेजका सिईओ खेम लकाई निर्वाचित


SHARES

काठमाडौं । शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसन (इयूहोफा) को अध्यक्षमा ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाई निर्वाचित भएका छन् । लकाईं सन् २०१७ मा इयुहोफाका बोर्ड सदस्य थिए ।

इयूहोफाको सञ्जालमा युरोप, अमेरिका, एसिया, अफ्रिका र अस्ट्रेलियाका आतिथ्य व्यवस्थापन अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबाट १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरू सदस्य रहेका छन् ।

काठमाडौं जारी ५८ औं कंग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्य सम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटनकर्मी र यस क्षेत्रका विभिन्न विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV