ह्विल चियरबाट लडे मेयर चिरिबाबु (भिडियोसहित)


SHARES

ललितपुर । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा शुक्रबार ललितपुर महानगरपालिकाले एक कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा अपाङ्ग मैत्री बिभिन्न खेलहरु सञ्चालन गरिएको थियो ।

अपाङ्गता भएको मानिसको बृद्धि विकास र उनीहरुको आत्माबल बढाउनको लागि महानगरले यस्तो कार्यक्रम आयोजना गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

अपांगमैत्री यस्ता कार्यक्रमले अपाङ्गता भएका मानिसको मनोवल र सहभागिता बढाउन सहयोग पुग्ने महानगर प्रमुख महर्जनले बताए ।

कार्यक्रममा आयोजना गरिएका सबै खेलहरुमा महानगर प्रमुख चिरीबाबु महर्जन आफै पनि सहभागी भए ।

उनले अपाङ्गता भएको मानिसहरुको दैनिकी निकै कष्टकर हुने बताउँदै उनीहको दैनिकी सहज बनाउने बिषयमा महानगर गम्भीर भएर लागेको आश्वासन दिए ।

कार्यक्रममा गोलबल, क्रिकेट, बास्केटबल लगाएतका खेल खेलाइएका थिए । प्रत्येक खेलमा महानगर प्रमुख महर्जन र उपप्रमुख गिता सत्यालले सहभागीता जनाएका थिए ।

बास्केट बल खेल्ने क्रममा महानगर प्रमुख महर्जन ह्विल चियरबाट लडेका थिए ।

भिडियो हेर्नुहोस्ः


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV