थबाङबाट खाता खोल्यो नेकपाले, वडाध्यक्षमा बुढा विजयी


SHARES

रोल्पा । थबाङ गाउँपालिका वडा नं. १ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढा निर्वाचित भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनी १७४ मत ल्याएर वडाध्यक्षमा विजयी बनेका हुन् ।

बुढा नेपाली कांग्रेसका उम्मेदवार कमल रोकालाई पराजित गरेर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार रोकाले २६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

उपनिर्वाचनमा दुई सय ९ जनाले मतदान गरेका थिए । ९ मत बदर भएको छ ।

उक्त वडाका अध्यक्ष फर्कबहादुर बुढाको मस्तिस्कघातका कारण निधन भएपछि उपनिर्वाचन भएको हो । बुढाले स्वतन्त्रबाट चुनाव जितेका थिए ।

 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV