उपनिर्वाचन अपडेट: १७ ठाउँको मत परिणाम, १४ ठाउँमा नेकपा विजयी


SHARES

काठमाडौं । उपनिर्वाचन २०७६को मतदान सकिए लगत्तै धेरै ठाउँमा मतगणना सुरु भएको छ । अहिलेसम्म विभिन्न १७ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म विभिन्न १७ ठाउँको मतपरिणाम सार्वजनिक हुँदा नेकपाका उम्मेदवार १४ ठाउँमा विजयी भएका छन् । 

रोल्पाको थबाङ-१, सल्यानको कुमाख-५, संखुवासभाको खाँदबारी-३, भोजपुरको पौवादुङमा गाउँपालिका–१, कञ्चनपुरको पुनर्वास-३, लमजुङको सुन्दरबजार-२ र काठमाडौंको दक्षिणकाली-३ मा नेकपाका उम्मेदवार वडाध्यक्षमा निर्वाचित बनेका छन् ।

त्यस्तै गुल्मीको रुरु नगरपालिका-६,डोटीको आदर्श गाउँपालिका-२, सिन्धुपाल्चोकको इन्द्रावती-८, पूर्वी नवलपरासीको बुंदीकाली-५, बागलुङको बडिगाड-२,काभ्रेको धुलिखेल-२ र खोटाङको साकेला-३ मा नेकपाका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै पर्साको सखुवापसौँनी-५ र सर्लाही हरिपूर्वा-१ मा भने समाजवादी पार्टीका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । बैतडीको सुर्नया-३ मा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV