रेश्माको 'तामाङको चेली' हेर्नुभयो ? (भिडियो)


SHARES

काठमाडौं । गायिका रेश्मा बम्जनको नयाँ सेलो गीत सार्वजनिक भएको छ ।

रेश्माको तामाङको चेली बोलमा रहेको सेलो गीत सार्वजनिक भएको हो ।

गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज र दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

भिडियो छायांकन र सम्पादन पवन सुस्लिङले गरेका हुन् ।

भिडियोमा भिमफेदी गाइजका साथमा मोडल निरन्जली लामाले अभिनय गरेकी छिन् । भिडियो मकवानपुरको भिमफेदी आसपासका छायाँकन गरिएको छ ।

सिन्धुलीकी रेश्माले यसअघि सोल्टिनी मैच्याङ, जन्ती लिएर, आम्मैले होइ आम्मैले, मैले क्यारु भो, के साह्रो हेरेको च्याङबा, गोरी गोरी माइच्याङ, यो कान्छाको र होई च्याङबा लगायत दुई दर्जनभन्दा बढी गीत गाइसकेकी छिन् ।

भिडियो हेर्नुहोस्ः


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV