मुलुकको अर्थतन्त्र सकारात्मकः गभर्नर नेपाल


SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले नीतिगत सुधार भएपछि पछिल्लो तीन वर्ष आर्थिक सूचकहरु सकारात्मक रहेको बताए ।

उनले नीतिगत सुधारसँगै ब्याजदरमा सुहलियत दिंदा समेत उद्योगी व्यवसायीहरुले लगानी बढाउन नसकेको भन्दै प्रश्न समेत गरे ।

सरकारले उद्योगीहरुलाई कम ब्याजदरमा पुर्नकर्जा र रोजगारी बढाउन सहुलियत ऋण दिएपनि उत्पादन बढन नसकेको बताए । जसका कारण आर्थिक सूचकहरु सकारात्मक रहे पनि व्यापार घाटा उच्च रहेको उनले बताए ।

गभर्नर नेपलले राष्ट्र बैंकले सुविधाभोगी क्षेत्रमा ब्याजदर नघटाउने तर निर्यातजन्य उत्पादनमूलक उद्योगका लागि ब्याज सहुलियत दिने नीति लागू गरेको समेत बताए ।

कार्यक्रममा आर्थिक पत्रकार समाज (सेजनले) छापा र विद्युतीय माध्यममा उत्कृष्ट रिपोर्टिङ गर्ने दुईजना आर्थिक पत्रकारहरु मातृका दाहाल र केदार दाहाललाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरेको थियो ।

त्यस्तै सेजनले लामो समयदेखि आर्थिक पत्रकारिता गरिरहेका नितु पण्डित, शिव दुवाडी, जुनारबाबु बस्नेत र रामप्रसाद दाहाललाई सम्मान गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV